संक्षिप्त विवरण
चुरे गाँउपालिका एक सुन्दर र प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँपालिका हो । सहजपुर,निगाली, खैरला गा.बि.स. एकिकृत गरी नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७३/११/२८ गतेको निर्णय अनुसार चुरे गाउँपालिका घोषणा भई सुदूरपश्चिम प्रदेश अन्तर्गत कैलाली जिल्लाको उत्तरी सिमानामा अवस्थित छ । यस गाउँपालिकाको पुर्बमा कैलाली जिल्लाको माेहन्याल गाउँपालिका, पश्चममा आलिताल गाउँपालिका उत्तरमा बडिकेदार गाउँपालिका ,जेरायल गाउँपालिका र दक्षिणमा कैलाली जिल्लाको गोदावरी नगरपालिका रहेका छन । चुरे गाउँपालिकाको कुल क्षेत्रफल ४९३.१८ वर्ग कि.मि. रहेको छ ।यस गाउँपालिकामा जम्मा घरधुरी संख्या ३,४७८ रहेको छ ।
आधारभूत जानकारी
Sudur Pashchim
Kailali
गाउँपालिका
493.18 sq. km
जनसंख्या तथ्याङ्क (Population Statistics)
Total
21400
Male
10729
Female
10671
Other
0