नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रको अत्यन्त जरुरी सूचना । चुरे गाउँपालिका वडा नं २ र वडा नं ४ अन्तरगत निगाली देखि केदार, बसन्तपुर, खैराला, सल्लेरी, रानीभुगुडा, गर्भादरवार, बैसेनी, मुलेसाटा सम्म निर्माण सम्पन्न भएका नयाँ विद्युत वितरण लाइन तथा ट्रान्सफर्मरहरु यहि मिति २०८३।०८।०४ गते शुक्रवार विहान १० बजे चार्ज (विद्युत प्रवाह) गरि विद्युत परिक्षण तथा संचालन गरिने कार्यक्रम रहेकोले उक्त समय देखि निरन्तर उच्च भोल्टेजको विद्युत प्रवाह हुने हुँदा विजुलीका पोल, तार, स्टे तार र ट्रान्सफर्मर नजिक नजान, नछुन, पोलमा गाइबस्तु नबाँध्न र बालबालिकालाइ टाढै राख्न सम्बन्धित सबैमा हार्दिक अनुरोध गरिन्छ ।