FAQs Complain Problems

समाचार

भवन निर्माण अनुमति प्रक्रियाको लागि सहायता कक्ष स्थापना सम्बन्धि सूचना

भवन निर्माण अनुमति प्रक्रियाको लागि सहायता कक्ष स्थापना सम्बन्धि सूचना
आज मिति २०७९/०१/१४ गते का दिन यस चुरे गाउँपालिका भित्र भवन निर्माण कार्य लाई सहज र सरल बनाइ गाउँपालिकाको भवन निर्माण अनुमति प्रक्रिया र भवन मापदण्डका साथै भवन निर्माण संहिताको प्रभावकारी कार्यन्वयनका निमित्त आवश्यक जानकारीमा सबैको पहुँच पुगाउने उद्धेश्यले यस कार्यालयको प्रशासनिक भवनमा सहायता कक्ष स्थापना गरिएको छ |
सेवाहरु:
१. सुरक्षित भवन निर्माण सम्बन्धि प्राविधिक सुझाव र आवश्यक जानकारी |
२. भवन निर्माण अनुमति, नक्सापास प्रक्रियाका मापदण्डहरु र पेस गर्नुपर्ने आवश्यक कागजात सम्बन्धि सम्पूर्ण जानकारी |
३. सुरक्षित भवन निर्माणका लागि आवश्यक तालिम प्राप्त निर्माणकर्मीहरु को सम्पर्क |
४. ग्रामिण क्षेत्रमा निर्माण हुने “घ” वर्गका भवनहरुको नमुना नक्सा सम्बन्धि प्राविधिक सहयोग |
समय: विहान १०:०० देखि १:०० ( हरेक सोमबार र बिहिबार )

It appears your Web browser is not configured to display PDF files. Download adobe Acrobat or click here to download the PDF file.

Click here to download the PDF file.

आर्थिक वर्ष: